केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सिन्डिकेट गर्दिन भनेर कागज नगरेसम्म नछोडने : गृहमन्त्रीको निर्देशन

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२३,गृहमन्त्री रामबहादुर थापाले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सिन्डिकेट गर्दिन सवारी कम्पनीमा दर्ता गर्छु, सवारी साधन चलाउछु भनेर कागज गरे मात्र छोडने बताएका छन ।

थापाले सिन्डिकेटको पक्षमा पक्राउ परेका यातायात व्यावस्थाका पदाधिकारीहरुलाई साधारण रूपमा नछोडने जानकारी दिएका छन । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष, महासचिव लगायतका सयभन्दा बढी व्यावसायीलाई पक्राउ गरेको थियो ।गृहमन्त्री थापाले कागज गर्न नमान्नेहरुलाई कानुनीय ऐन अनुसार कारर्वाही समेत गर्ने निर्देशन दिएका छन ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्