केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वीर अस्पतालमा सरसफाई अभियान सुरु

सहयात्रा टिभी

 

काठमाण्डौँ । बैशाख–२३, सरकारी वीर असपतालमा आजबाट सरसफाई अभियान सुरु गरेका छन । स्वाथ्य राज्यमन्त्री पदमा कुमारी अर्याल कलाकार सीताराम कट्टेल धुर्मुस र सरसफाइकर्मी खेम शर्माले अस्पतालको शौचालय सफा गर्दै अभियान थालेका हुन।

जताततै फोहोर र गन्हाउने अस्पतालका रुपमा चिनिएको अस्पतालमा करिब सयभन्दा शौचालय भए पनि प्रयोग गर्न सकिने स्थिति छैन । स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सरकारी अस्पताललाई सरसफाइको नमुना बनाउने बताएकी छन ।

उनले आइतबार वीर असपतालको सरसफाई अभियानलाई उदघाटन गर्दै सफा नभए सम्म अभियानमा साथ दिने बताएकी छिन । सरकारी स्वास्थ्य संस्थाहरुमा सबैभन्दा बढी सरसफाइको कमीबारे गुनासो आउने गरेकाले अभियान थालिएको राज्यमन्त्री अर्यालले बताइन ।

 

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्