केपी ओली प्रचण्ड माधव नेपाल एमाले


संघीय संसदको दोश्रो अधिवेशन सुरु

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२३,आइतबारबाट संसदको दोस्रो बजेट अधिवेशन बैठक सुरु भएको छ । दोश्रो अधिवेशनको पहिलो बैठकमा गृहमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री शेर बहादुर तामाङले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश पेश गरेका छन ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि पेस गरिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोख्रेलले समितिको प्रतिवेदन पेश गरेका छन।

२०७५, र कानून न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङ्गले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश २०७५, र संघिय संसदका महासचिव, प्रतिनिधीसभाका सचिव र राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी अध्यादेश पेश गरेका छन।संसोधन प्रस्ताव दर्ताका लागि बैशाख २५ गते अपरान्ह २ बजे सम्मको समय दिईएको छ ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्