केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्रीहरुसंग छलफल गर्दै

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२५, पुर्वप्रधानमन्त्रीहरुसंग सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज छलफल सुरु गरेका छन । ओलीले सरकारी निति कार्यक्रममा समावेश गर्ने विषयहरुको सम्बन्धमा पुर्वप्रधानमन्त्रीहरुसंग छलफल सुरु गरेका हुन ।

उनले वाम गठवन्धनको सरकार रहेको नीति तथा कार्यक्रममा समेट्नु पर्ने विषयमा सुझाव दिन  पुर्वप्रधानमन्त्रीहरुलाई बोलाएका छन । पुर्व प्रधानमन्त्रीहरु माधव नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन भने डा बाबुराम भट्टराई र शेरबहादुर देउवा भने बालुवाटर नपुगेको प्रधानमन्त्रीका सञ्चार संयोजक रामशरण बजगाईंले जानकारी दिएका छन ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्