केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतिय प्रधानमन्त्रीको लागि मुक्तिनाथमा सार्वसाधारण दुई दिन बन्द

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२५, भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि यात्रीहरुलाई दुई दिन मुक्तिनाथ मन्दिर प्रवेश गर्न रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यलयले बैशाख २३ गते बसेको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गर्ने भएकोले सुरक्षा व्यावस्थाललाई सुरक्षित र भरपर्दो बनाउन यात्रीहरुलाई मुक्तिनाथ मन्दिर प्रवेश गर्न रोक लगाएको शाखा अधिकृत जितेन्द्र बलामीले जारी सुचनामा उल्लेख गरेको छ । मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएको छ ।

प्रकाशित : 8 May, 2018

प्रतिक्रिया दिनुहोस्