केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलेसियामा विश्वकै वृद्ध मोहम्मद महाथिर प्रधानमन्त्री बन्दै

सहयात्रा टिभी

बैशाख–२७, मलेसियामा विपक्षी गठबन्धनले बहुमत हासिल गरेसँगै ९२ वर्षीय महाथिर प्रधानमन्त्री  बन्दैछन । मलेसियाका पृर्वप्रधानमन्त्री महाथिर मोहम्मद सन १९५७ देखि निरन्तर सत्तामा रहेको दललाई आम चुनावमा हराउँदै राजनीतिक पुनरागमन गरेका थिए।

९२ वर्षिय मोहम्मद नेतृत्वको गठबन्धनले गएको ६० वर्षदेखि सत्तामा रहेको बारिसन नेशनल बिएन गठबन्धनलाई हराएको हो । मलेसियामा सरकार बनाउन १ सय १२ सिट आवश्यक पर्ने भएपनि मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले १ सय १५ सिट जितेको छ।

जितपछि मोहम्मदले पत्रकारहरूसँग कुरा गर्दै विधिको शासन सञ्चालन गर्ने बताएका छन । ९२ वर्षको उमेरमा सत्तामा पुनरागमन गरेका महाथिरले त्यसै पनि इतिहासमा आफ्नो नाम दर्ता गराइसकेका छन।

सपथ ग्रहण समारोह तथा निर्वाचनमा ऐतिहासिक जितलाई लिएर मलेसियामा बिहीबार र शुक्रबार सार्वजनिक बिदाको घोषणा गरिएको छ । ऐतिहासक जितसँगै नेता डा. मोहम्मदको समर्थनमा उनका समर्थकहरुले सडकमा विजयी  ¥याली निकाल्न थालेको बताइएको छ । उनी विश्वका सबै भन्दा बढि उमेरको निर्वाचित सरकार प्रमुख हुनेछन ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्