केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रधानमन्त्रीको स्वागतमा कन्जुस्याई नगर्न नयां पार्टीका संयोजक भट्टराईको आग्रह

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२७, पुर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण आउंदा स्वागतका लागि कुनै कन्जुस्याई गर्न नहुने बताएका छन ।

उनले भारतसमक्ष राष्ट्रिय हितका कुरा सरकारले प्रष्ट्रसंग राख्नु पर्ने बताएका छन । नयां पार्टीका संयोजक समेत रहेका भट्टराईले प्रधानमन्त्री ओलीलाई दुवै देशको हितको कुरा मोदीसंग गर्नु पर्ने बताए ।

प्रतिनिधिसभामा बोल्दै भट्टराईले भने, पृथ्वीनारायण शाहको बेलामा ढुंगा थियो होला तर अहिले विकास गरेर दुवै छिमेकी महासागर बनिसकेका छन । अब  दुवै देशबाट लाभ लिनुपर्ने बताएका छन । छिमेकी मुलुकसँगको सम्बन्ध सुधार नगरी सम्वृद्ध मुलुक बनाउन नसकिने उनले बताए ।

प्रकाशित : 10 May, 2018

प्रतिक्रिया दिनुहोस्