केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली मोदीको स्वागतका लागि जनकपुरमा पुगे

सहयात्रा टिभी

जनकपुर । बैशाख–२८, जनकपुरमा आउँदै गरेका भारतिय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न प्रधानमन्त्री केपी शर्मा ओली जनकपुर पुगेका छन । शुक्रबार दुई दिने नेपाल भ्रमणका लागि आएका मोदीलाई ओलीले जानकी मन्दिरमा स्वागत गर्ने छन ।


जनकपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं २ का मुख्यमन्त्री, संघीय सरकारमा सो प्रदेशबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु लगायतले स्वागत गरेका छन । बिहान १० बजे मोदी जनकपुर विमानस्थलमा अवतरण गर्नेछन । उनलाई विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्नेछन ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्