केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय प्रधानमन्त्री मोदी जनकपुरमा

सहयात्रा टिभी

जनकपुर । बैशाख–२८, भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणको क्रममा जनकपुरमा आईपुगेका छन । उनी एयर इन्डियाको विमानबाट विहारको पटनाबाट जनकपुर विमानस्थल ओर्लिएका हुन ।

भारतीय प्रधानमन्त्री मोदी आज बिहान १०:४६ बजे जनकपुर विमानस्थलमा अवतरण गरेका हुन । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । ४१ सदस्यीय टोलीको नेतृत्व गर्दै मोदी जनकपुर आइपुगेका हुन ।

भ्रमण कार्यतालिका अनुसार भारतीय प्रधानमन्त्री मोदी जनकपुर विमानस्थलबाट जानकी मन्दिर जाने र मन्दिरमा उनले विशेष पुजाअर्चना गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरेका छन ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्