केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोदीलाई १२१ किलोको मालाले जनकपुरमा सम्मान

सहयात्रा टिभी

 

काठमाण्डौं । बैशाख–२८,जनकपुर भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदेश २ का सरकारले १२१ किलोको मालाले सम्मान गरेको छ । 

रंगभुमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर शाहले उनलाई अभिनन्दनपत्र प्रदान गरेका छन ।अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभइ भविष्य भएर अघि बढ्न चाहेको बताएका छन ।

यी स्वागत र सम्मान कार्यक्रममा मञ्चमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, एमालेका नेता रघुवीर महासेठ, माओवादी केन्द्रका नेता मातृका यादव, काँग्रेसका नेता विमलेन्द्र निधि लगायतका उपस्थिति रहेका थिए ।

प्रकाशित : 11 May, 2018

प्रतिक्रिया दिनुहोस्