केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मोदीको नेपाल भ्रमण उपलब्धिपुर्ण: प्रधानमन्त्री ओली

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–३०, आईतबार संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतिय प्रधानमन्त्री मोदीको भ्रमण नेपालको पक्षमा उपलब्धिपुर्ण भएको बताएका छन ।

कार्यक्रममा ओलीले मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा झन सुधार भएको र एतिहासिक भएको दाबी गरेका छन । उनले भारतिय प्रधानमन्त्री मोदीको भ्रमण नेपाल र भारत दुबै देशको हितमा रहेको बताएका छन ।

आफु नाकाबन्दी खोलेर भारत गएसँगै सम्बन्ध सुधारको नयाँ आयाम सुरु भएको भन्दै ओलीले सम्बन्ध बराबरीको हैसियतामा हुने पनि स्पष्ट पारेका छन । नेपाल जुनसुकै देशसँग सन्तुलित सम्बन्ध कायम गर्न स्वतन्त्र रहेको पनि उनले बताएका छन ।

प्रकाशित : 13 May, 2018

प्रतिक्रिया दिनुहोस्