केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्र अध्यक्ष प्रचण्डको सम्पर्क कार्यालयमा अर्बौंको योजना माग

सहयात्रा टिभी

चितवन । बैशाख–३१, चितवन जनसम्पर्क कार्यलयमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको स्थानियले अर्बौ रुपयाको योजना माग गर्दै निवेदन दिएका छन । कार्यालयमा आएका निवेदनमध्ये साना सिँचाइ आयोजनाका लागि धेरै निवेदन परेको छ ।

निवेदनमा साना बोरिङ हातेट्र्याक्टर लगायतका पाँच हजार थान माग गरिएको छ । सबैभन्दा कम आधारभुत विद्यालय शिक्षक दरबन्दी  रहेको छ । बृहत् सिँचाइका लागि खगेरी सिँचाइ र नारायणी लिफ्टको सञ्चालनका लागि दुई वटा निवेदन परेका छन् ।

अध्यक्ष दाहालले निर्वाचन क्षेत्र चितवन क्षेत्र नं ३ मा स्थापना गरेको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन । क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन दिएका छन ।

प्रकाशित : 14 May, 2018

प्रतिक्रिया दिनुहोस्