केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१ भारतिय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका समयमा भएको विभिन्न घटना माथि नेविसंघले विरोध गरेको छ । संघले ट्विटको विरोधमा त्रीचन्द्र क्याम्पस अगाडि धर्ना र जुलुस प्रदर्शन गरेको छ ।

नेविसंघको विरोध कार्यक्रमले रत्नपार्क आसपासको यातायात व्यवस्था प्रभावित भएको छ । यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका छन ।

केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको  उनीहरुले आरोप लगाएका छन् । बिहान ९ बजेदेखि गरिएको विरोध प्रदर्शन कोणसभा गर्दै सकिएको नेविसंघको केन्द्रीय सदस्य शुशिल भट्टले जानकारी दिए।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्