बालुवाटारमा प्रतिनिधिसभा सदस्यहरुले प्रधानमन्त्री ओलीलाई भेटदै

काठमाण्डौँ । जेठ–१ प्रधानमन्त्री ओली केपी शर्मा ओलीलाई प्रदेश न.२ का प्रतिनिधिसभा सदस्यहरुले प्रधानमन्त्री निवास बालुवाटारमा भेटदैछन । भेटवार्तामा प्रदेश २ का प्रतिनिधिसभा सदस्यहरुले आगामी वजेटमा मधेशलाई प्राथमिकतामा राख्न सुझाव दिने बताइएको छ ।
प्रदेश नम्बर दुईमा सबभन्दा बढी जनघनत्व भएपनि अरु प्रदेशको तुलनामा त्यहाँका लागि कम बजेट बिनियोजन गर्न लागिएको आफुहरुले जानकारी पाएपछि त्यसतर्फ पनि ध्यानाकर्षण गराइने उनले संघीय समाजवादी फोरम नेपालका प्रतिनिधिसभा सदस्या प्रदीप यादवले बताएका छन । उनले आगामी आर्थिक वर्षका लागि तयार भइरहेको बजेटमा मधेशलाई महत्व दिन आग्रह गर्न ओलीलाई भेट्न लागेको बताए ।