केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विप्लव नेतृत्वको दुई जना कार्यकर्ता प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१,प्रहरीको स्कटिङ टोलीमाथि आक्रमण गर्ने विप्लवका दुई जना कार्यक्रर्ता पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा सुर्खेत तातोपानीका नरबहादुर राना र सुर्खेत अवलचिङका सन्तोष खड्का रहेका छन् ।

उनीहरुलाई झाडिमा लुकिएरहेको बेलामा त्रिपुराकोट, जुफाल,दुनैबाट खटिएको प्रहरीले त्रिपुरा सुन्दरी नगरपालिका ३ जीउबाट सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।

पक्राउ परेका दुई जनाको अनुसन्धान भईरहकाले रिहा गर्ने विषयमा अहिले नै भन्न नसकिने प्रहरी नायव उपरीक्षक शर्माले बताएका छन । सागर शाहीलाई सदरमुकाम दुनै लैजाँदै गर्दा ठुलीभेरी नगरपालिकाको वडा नं ९ मा पर्ने भेत्ती डाँडाबाट प्रहरीमाथि नै आक्रमण गरेर शाहीलाई भगाएपछि प्रहरीले ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक हरी प्रसाद शर्माले बताए ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्