केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले प्रधानमन्त्री ओलीबीच भेटवार्ता

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२ वालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले प्रधानमन्त्री केपी शर्मा ओलीको आज भेटवार्ता भईरहेको छ । पार्टी एकता विषयमा नर्करात्मक प्रचार भए पनि बाहिर आईरहेको जस्तो कुनै खटपट नरहेको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन ।

उनले भारतिय प्रधानमन्त्रीको भ्रमणमा व्यस्त भएको कारण गृहकार्य हुन बाँकी रहेको बताए । एमाले नेताहरुले पार्टी एकीकरण सही दिशामै गइरहेको भन्दै पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डको सचिवालय निकटस्थहरुले नकारात्मक हल्ला फैलाइएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटवार्तामा आ–आफ्नो गुनासो गरेका छन । एमालेले ओली विरुद्ध प्रचण्डसंग निकटस्थहरुले नियोजित प्रचारबाजी गरेको भन्दै एमालेले असन्तुष्टि व्यक्त गरेको छ । त्यस्तै प्रचण्डको पनि पार्टी एकताको लागि ओली गम्भिर नभएको र घन्टौ कुरा हुदां पनि पार्टी एकीकरण भन्दा असान्दर्भिक विषयमा कुरा गर्ने गरेको गुनासो छ ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्