केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सांसदद्धारा असिनाले पु¥याएको क्षतिको राहत दिन सरकारसंग माग

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२, सांसदहरुले देशका विभिन्न भागमा असिनापानीले पु¥याएको क्षतिप्रति पिडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन सरकारसंग माग गरेको छ । 

बुधबार प्रतिनिधिसभाको बैठकमा बौल्दै सांसद दिेलेन्द्रप्रसाद बडु र भरतबहादुर सिंहले कैलाली, बझाङ र कन्चनपुरमा परेको असिनापानीले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन ।

उनले बझाङको विभिन्न गाउंमा बालीनाली नष्ट भएको भन्दै राहत उपलब्ध गराउन तत्काल सरकारसंग माग गरेको हो । सांसद बडुले दार्चुला जिल्लाका विभिन्न गाउँका पीडितलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्