केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एमाले र माओवादीको एकीकृत पार्टी निर्वाचन आयोगमा दर्ता गर्न तयारी

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२, नेकपा माओवादी र एमालेले बिहिबार एकीकुत पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने भएका छन । बुधबार बालुवाटारमा एमाले प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड २ घण्टा लामो वार्ता भएको थियो ।

वार्तामा लामो समयपछि एकता प्रक्रिया टुग्याउंदै एकीकुत पार्टी दर्ता गर्ने सहमत भएको दुबै दलका नेताहरुले बताएका छन । आजको बैठकमा एमालेका एक नेता अनुसार माओवादी अध्यक्ष प्रचण्डका एकतापछिका कतिपय विषयबारेका आशंका ओलीले मेटाइदिएपछि एकता प्रक्रिया निष्कर्षतिर पुगेको हो ।

बिहान १० बजे पार्टी एकताको अन्तिम निर्णय गर्न एकता संयोजन समितिको बैठक बोलाएको छ । माओवादी केन्द्रका एक नेताले महाधिवेशनबाट नेतृत्व चयन, सैद्धान्तिक विषय र सांगठनिक संरचना सहमतिबाट टुंग्याउने समझदारी बनेको बताएका छन ।

आजै ४ बजे माओवादी केन्द्रले पार्टी एकता हुने विषयमा छलफल गर्न केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ । नयाँ पार्टीको केन्द्रीय समितिमा माओवादीभन्दा एमालेबाट २०,२५ जना मात्र बढी राख्ने समझदारी पनि दुई अध्यक्षबीच भएको छ । नेकपा एमालेले पनि पार्टी एकता विषयमा निर्णय गर्न स्थायी समितिको बैठक आज ४ बजे नै बोलाएको छ ।

प्रकाशित : 16 May, 2018

प्रतिक्रिया दिनुहोस्