केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी र एमालेबीच आजै पार्टी एकीकरण निर्वाचन आयोगमा दर्ता

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–३,माओवादी र एमालेबीच पार्टी एकीकरण आज हुने भएको छ । चुनावी गठबन्धनका रुपमा अघि बढेको नेकपा एमाले र माओवादी केन्द्रले औपचारिक रुपमा पार्टी एकताको अन्तिम तयारीमा रहेका छन ।

प्रधानमन्त्री केपी ओलीले पार्टी एकता कसैलाई दमन, भ्रष्टाचार र शासन गर्न होइन,समृद्धि र विकास गर्न,सेवा गर्न, भ्रष्टाचार नियन्त्रण गर्नका लागि गरिएको पनि स्पष्ट पारेका छन ।

बिहिबार बिहान वाम एकता संयोजन समितिले औपचारिक रुपमा एकताको घोषणा गर्ने तयारी गरिएको हो । मदन आश्रित स्मृति दिवसका अवसर पारेर एकता घोषणा गर्ने दुबै दलका दोस्रो तहका नेताको प्रयासमा बुधबार एकता प्रक्रियाले गति लिएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता हुने विषयमा आफुले नै पहल गरेको बताएका छन ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्