केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालुवाटारमा पार्टी एकताको खुसियालीमा रात्रीभोज

सहयात्रा टिभी

काठमाण्डोैँ । जेठ–३,नेकापा माओवादी र एमालेबीच पार्टी एकताको खुसियालीमा बालुवाटारमा रात्रीभोज हुने भएको छ । झिलमिल बत्ती टाँग्नेहरुसँगै बालुवाटारमा हुने भोजका लागि सैनिक जवानहरु पाल टाँग्दैछन । 

उनीहरुले ट्रकमा नै सायर र पाल बोकेर बालुवाटार पुर्‍याएका थिए । यहाँ ७ सय जनाका लागि भोजको तयारी हुँदैछ। एमाले र माओवादीको केन्द्रीय कमिटीको संयुक्त बैठकमा नबगठित नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रात्रीभोजको निम्ता दिएका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र अब नेपाल कम्युनिस्ट पार्टी नाममा एक हुँदैछन् ।

प्रकाशित : 17 May, 2018

प्रतिक्रिया दिनुहोस्