केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पार्टी एकता : आज ४ सय ४१ केन्द्रिय सदस्यहरुको नाम सार्वजनिक गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–४, एकता प्रक्रिया शुरु गरेको करिब सात महिनापछि नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) औपचारिक रुपमा विघटन भई नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ । नेपाल कम्युनिष्ट पार्टीले नवगठित केन्द्रिय कमिटिको सबै सदस्यहरुको नाम आज सार्वजनिक गर्ने भएको हो । नवगठित पार्टीमा विगठित एमालेको २ सय ४९ र माओवादीको २ सय गरि ४ सय केन्द्रिय सदस्य रहेका छन ।

हिजो पार्टीले सपथ खुवाएको सबै सदस्यहरुलाई आज केन्द्रिय कमिटिको नाम सार्वजनिक गर्ने तयार गरेको हो । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा एमालेको अस्थायी र पेरिसडाँडामा नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय थिए ।

अब कम्युनिष्ट पार्टीले तत्कालको लागि केन्द्रीय कार्यलय धुम्बाराहीमा हुने र जनसम्पर्कका कामहरुपेरिसडाँडामा  हुने बताएको छ । तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले हिजो नै घोषणा गरेका छन ।

एमाले र माओवादी केन्द्रबीचको एकता नेपालका लागि एैतिहासिक दिनको सुरुवात भएको छ । दक्षिण एसियाको राजनैतिक हिसाबले पहिले पार्टि बनेको छ । एसियाको राजनीतिका लागि समेत महत्वपूर्ण घटना बनेको छ । दुई पार्टी एककरणपछि चीन र भियतनामपछि एसियाकै तेस्रो ठूलो कम्युनिस्ट पार्टी बनेको छ । दक्षिण एसियाको भने पहिलो ठूलो कम्युनिस्ट पार्टी भएको छ ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्