केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पार्टी एकतासगै कर्मचारीको तलब तथा बृद्वभत्ता बढ्ने

सहयात्रा टिभी

 

काठमाण्डौँ । जेठ–४, नेपालको इतिहासमा पहिलो पटक बहुमतसहितको कम्युनिष्ट पार्टीको सरकारले बजेट कस्तो बनाउने हो भन्ने कुरामा धेरैले चासो राखेका छन ।

माओवादी केन्द्र र एमालेबीचको गठबन्धन सरकारले अघि नै सयुक्त रुपमा घोषणपत्र सार्वजनिक गर्दै जनतामाझ महत्वपुर्ण योजनाहरु अघि सारेका थिए । अर्थमन्त्री डा.युवराज खतिवडा र अर्थमन्त्रलयको टिम २०७५र ७६ सालको आर्थिक वर्षको बजेट बनाईरहेको छ । सुशासान र विकासका प्राथामिकताको लागि सरकारले ठुला–ठुला आयोजनाहरुलाई बढि प्राथामिकता दिने अर्थमन्त्रलयको सल्लाकार डा. रामशरण खरेलले बताएका छन ।

सरकारले बजेट निर्माणमा कर्माचारीहरुको तलब बृद्धि गर्ने अर्थमन्त्रलयका अधिकारीहरुले बताएको छ । घोषणा पत्रमा उल्लेख भएअनुसार बृद्ध भत्ता ५ हजार पुग्ने भएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा बनेको यस अघिको सरकाले बजेट सार्वजनिक गर्दा धेरै क्षेत्रमा छरपष्ट विनियोजन गर्ने भएपनि अबको सरकारले यस्तो नगर्ने अर्थमन्त्रीको निकट स्रोतले बताएको छ ।

गरिबको रेखामुनि रहेका परिवारहरुलाई ६ महिना भित्रमा राज्यले सुरक्षा परिचयपत्र वितरण गर्न सरकारले प्रथामिकता राखेको छ । यसका लागि करिव ५० करोड आवश्यक पर्ने गौतम संयोजकत्वको कार्यदलले अनुमान गरेको छ । सरकाले एक वर्ष भित्रमा भुकम्प पिडित र बाढी पहिरो तथा आगलागि हुने परिवारको घर निर्माण गर्ने लक्ष्य रहेको छ । यसका लागि सरकारले ६७ अर्व रकम आवश्यक परेको बताएको छ ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्