केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकीकरण पार्टी नेपाली इतिहासकै शक्तिशाली

सहयात्रा टिभी

 

काठमाण्डौँ । जेठ–४, एकीकरण पछि नवगठित नेपाल कम्युनिष्ट पार्टी नेपाली इतिहासकै शक्तिशाली पार्टी भएका छन । एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाली कम्युनिष्ट भएका हुन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा दुई जना अध्यक्ष हुने भएका छन । प्रतिनिधिसभाका २७५ सांसदमध्ये यो पार्टीको १७४ सांसद छन् । त्यो कुल संख्याको ६३ दशमलव ५० प्रतिशत हो ।

दुवै अध्यक्षको हैसियत समान र निर्णयमा पनि उत्तिकै शक्तिशाली हुने बताइएको छ । सात वटा प्रदेशमध्ये छ वटा प्रदेशमा नेपाल कम्युनिष्ट पार्टीको बहुमत छ भने प्रदेशसभाका ५५० सदस्यमध्ये ३५१ जना नेकपाको प्रदेश सांसद रहेका छन । एकतासँगै केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको स्थान झनै बलियो बनेको छ ।

प्रकाशित : 18 May, 2018

प्रतिक्रिया दिनुहोस्