केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सांसद विकास कोषको रकम कटौति गरिने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–६, शनिबार नेपाल कम्युनिष्ट पार्टीको एकता पछि नयां बानेश्वार सांसद भवनमा पहिलो संसदीय दलको एकीकृत बैठक बसेका छन ।

बैठकमा सांसदहरुले पाउदै आएको रकम सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्र्तगत कटौती गर्ने भएको छ । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वधार विकास कार्यक्रम अन्र्तगत रकम कटौति गर्ने  संकेत गरेका हुन ।

सरकारले यस अघि प्रत्येक  सांसदले विकास कोष मार्फत पाउने ५० लाखको व्यवस्था नहुन्जेल रोकिएको छ । प्रधानमन्त्री ओलीले सांसद विकास कोषको रकमलाई लिएर अनावश्यक उत्तेजना नआउन सांसदहरुलाई निर्देशन दिएका छन । उनले विकासका कार्यक्रममा मोडालिटीको टुंगो नलागिसकेकाले यस्तो निर्देशन दिएका हुन ।

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्