केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीमा सदस्यहरु थपिए

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–६, प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता मादव कुमार नेपालले हिजो राति केन्द्रिय सदस्यहरुको सुची तयार पारेका छन । कम्युनिष्ट पार्टीको केन्द्रि कमिटिमा एमालेको तर्फबाट तत्कालको लागि ४५ जना सदस्यहरुको नाम टुंगो लागिसकेको छ । थपिने केन्द्रीय सदस्यको सुची औपचारिक रुपमा सार्वजनिक भएको छ ।

तत्कालीन एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनु पर्नेमा ४५ जनाको नाम तय भएको स्रोतले जनाएको छ । स्थायी कमिटि बैठकले तत्कालिन थप केन्द्रिय सदस्य तयार गर्न प्रधानमन्त्री ओली र माधवकुमार नेपाललाई जिम्मा दिएको हो ।

९ औ अधिवेशनमा दुबै नेताले केन्द्रिय सदस्य भएर पराजित भएको लामो समयमा कम्युनिस्ट आन्दोलनमा योगदान दिएका, विभिन्न विभागका सचिव र युवा नेताबाट नाम तयार गरेका हुन् ।

भरतपुरको मेयरमा हारेका देवी ज्ञवाली केन्द्रीय कमिटीको सदस्यमा भएका छन । राज्यमन्त्री गोकुल बाँस्कोटा ,मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल ,पत्रकार विष्णु रिजाल, युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी ,तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी केन्द्रीय कमिटीमा थपिएका छन् ।

नेकपाका केन्द्रीय कमिटीमा अर्थमन्त्री डा.युवराज खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा पुग्न सफल भएका छन् । शीर्ष नेताले नाम टुंगो लगाए पनि तत्कालीन माओवादीबाट केन्द्रीय सदस्यको नाम नआएकाले अहिलेसम्म औपचारिक रुपमा सूची सार्वजनिक गरिएको छैन ।

 

प्रकाशित : 20 May, 2018

प्रतिक्रिया दिनुहोस्