केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सबै किसिमका सिण्डिकेट अन्त्य गर्न गृहमन्त्रीको आग्रह

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–७, गृहमन्त्री रामबहादुर थापाले सिण्डिकेट हटाउन कार्य्रक्षेत्रमा काम गर्ने डिआइजीहरुलाई निर्देशन दिएका छन । उनले सबै किसिमका सिण्डिकेट अन्त्य गर्नका लागि एक कार्यक्रममा कार्यक्षेत्रमा काम गर्ने प्रहरी नायव महानिरीक्षक डिआइजीहरुलाई निर्देशन दिएको हो ।

थापाले भ्रष्टाचार र तस्करीहरुलाई निषेध गर्ने गरी प्रहरीलाई आग्रह गरेका छन । आइतवार उनले गृहमन्त्रीस्तरीय निर्णयबाट सातै प्रदेशका प्रहरी प्रमुख, तथा महानगरीय प्रहरी कार्यालयका निमित्त प्रमुखको जिम्मेवारी पाएका डिआइजीहरुलाई अब कुनै किसिमको सिण्डिकेट सरकारलाई स्वीकार्य नहुने बताए ।

उनले तत्काल आफ्नो प्रदेशमा सिण्डिकेट अन्त्य गर्न  पनि प्रदेश प्रहरी प्रमुखहरुलाई आग्रह गरेका छन । थापाले प्राकृतिक स्रोत र साधनको दोहन भइरहेको बताउदै अशान्ति र अस्थिरता फैलाउनेविरुद्ध कडारुपमा प्रस्तुत हुनसमेत प्रहरी अधिकारीलाई आग्रह गरे ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्