केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल समाजवादी काँग्रेसले आन्दोलन गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–७, समाजवादी कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा धर्म निरपेक्षता र भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने भएको छ । नेपाल समाजवादी काँग्रेसले देशमा व्यापक भ्रष्टाचार बढेको कारण आन्दोलन गर्ने भएको हो ।

सरकारले शान्तिपुर्ण आन्दोलन गर्न खोज्दा पनि रोकेको काँग्रेस पार्टीका महासचिव गोविन्द निरौलाले आरोप लगाएका छन । जनताको अधिकारको ख्याल नगरेको भन्दै उनले सरकारविरुद्ध कडा तर शान्तिपुर्ण आन्दोलन गर्ने बताएका छन । वैशाख २८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा विरोधमा ५२ स्थानमा पर्चा वितरण गरेको थियो । सो दिन प्रहरीले समाजवादी काँग्रेसको बानेश्वरस्थित पार्टी कार्यालयमा ताला फोडेर कागजपत्रसमेत लगेको थियो ।

बन्द गरेको पार्टीको कार्यालय पनि आजै पत्रकार सम्मेलन गरेर खोलिएको बताइएको छ । कार्यक्रममा राष्ट्रिय समृद्धिका लागि संवैधानिक प्रजातन्त्र र हिन्दु राज्य स्थापना गर्न आन्दोलनको घोषणा गरिएको पार्टीको अध्यक्ष विमलप्रसाद यादवले बताए ।

प्रकाशित : 21 May, 2018

प्रतिक्रिया दिनुहोस्