केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मुख्यमन्त्री अमेरिका भ्रमण जान रोक लगाउनु गल्ती : डा.भट्टराई

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–८, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण जान रोक लगाउन सरकारले गल्ती गरेको नयां शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बताएका छन । उनले मंगलबार ट्विट गर्दै सरकारले गम्भीर गल्ती गरेको टिप्पणी गरेको हो ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकले राउतको अमेरिका भ्रमणको प्रस्तावलाई रोक्ने निर्णय गरेको थियो । संघीय सरकारले यो विषयलाई सच्याउन भट्टराईले आग्रह गरेका छन ।

उनले प्रदेश–२ का मुख्यमन्त्रीलाई संघीय सरकारले विदेश भ्रमणमा रोक लगाएर गम्भीर गल्ती गरेको छ भन्ने ट्विट मा लेखेका छन । कारण जस्तो सुकै भए पनि भर्खरै संघीय पुनर्संरचनामा भएको देशमा संघ र प्रदेशबीच नरम्रो शका हुने र गलत सोच जाने बताएका छन ।

प्रकाशित : 22 May, 2018

प्रतिक्रिया दिनुहोस्