केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केहि समय मलेसिय जान रोक :रोजगारमन्त्री बिष्ट

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–९, रोजगारमन्त्री गोकर्ण बिष्टले अहिले मलेसिय जाने  कामदारलाई बन्द गरेका छन । उनले मलेसिय जाने कामदारमाथि आर्थिक भार भएकोले अपराधको अन्त्य गर्ने बताएका छन । मलेसिय जान एक हप्ता देखि बन्द गरेपछि मलेसिय जाने कामदारहरु अन्योलमा परेका छन ।

सरकारले रोजगारीका लागि कामदारहरुसंग पैसा अवैधानिक रुपमा खडा गर्न विभिन्न संस्थामथि अनुसन्धान गरिरहेको छ । यो समस्या मलेसिया मित्र राष्ट्र भएकाले कुटनीतिक रुपमा नै सबै समस्या समाधान हुने बताइएको छ । मलेसिया जाने कामदारबाट विभिन्न बाहनामा १८ हजार रुपैयाँ अतिरिक्त असुली गर्ने गरिएको छ ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ज्ञावालीले कुनै पनि अवस्थामा भइसकेको निर्णयबाट मन्त्रालय बिचलित नहुने बताएका छन । ज्ञावालीले मलेसिय जाने कामदारमाथि गरिएको अन्याय र अत्याचार र युवाहरुलाई ऋणको भारी बोकाएर सिमित व्यक्तिले मात्र लिने लाभ अन्त्य गर्ने बताए ।

यस्तो अवस्थामा मलेसिया सरकारले नै कामदारको भिसा प्रक्रिया रोकेको छ । तर, अब कुटनीतिक रुपमा नै यस्ता संस्थाको अस्तित्व मेटिने गरी कारर्वाही गर्न कुनै पनि किसिमको दबाव स्वीकार नगर्ने अडान श्रम मन्त्रालयले गरेको छ ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्