केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीको सम्पती विवरण सार्वजनिक

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–९, बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पतिको विवरण सार्वजनिक भएको छ । सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा रहेको बताइएको छ । प्रधानमन्त्री ओलीको नाममा एभरेष्ट बैंकमा ४२ लाख रुपैयाँ रहेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका २ बालकोटमा डेढ रोपनी जग्गामा रहेको तीनतले २ वटा घर र झापाको पृथ्वीनगरमा पनि १० कठ्ठा जग्गा रहेको त्यस्तै माछापुछ्रे बैंकमा ४ लाख रुपैयाँ, प्रभु बैंकमा ६ लाख रुपैयाँ, २५ लाख रुपैयाँको वचतपत्र पनि श्रीमती शाक्यको नाममा रहेको छ ।

ओलीले सबै सम्पति स्रोत तलब भत्ता भएको बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीसंग गाडी नभएको र १७ तोला गरगहना रहेको पनि सम्पत्ति विवरणमा जानकारी दिएको छ ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्