केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मन्त्री लालबाबुको बैंकमा २५ लाख रुपैया र पुरानो एक थान साइकल

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–९, सरकारले मन्त्रिपरिषद गठन भएको तीन महिनापछि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको सम्पति विवरण सार्वजनिक भएको छ ।

उनले ४ विघा २ कठ्ठा जमिन सहित बैंकमा नगद मौजाद रहेको विवरण पेश गरेका छन् । मन्त्री पण्डितले सम्पत्ति विवरणमा पत्नी विमला पण्डितसँग १० तोला सुन र १५ तोला चाँदी रहेको उल्लेख गरेका छन् । जुन पैतृक रुपमा प्राप्त भएको जानकारी दिएका छन।

उनले सार्वजनिक गरेको विवरण अनुसार उनको जमिन पैतृक रुपमा आर्जन भएको उल्लेख गरिएको छ । त्यस्तै: संगोलको ४ आना जग्गा ललितपुरको भैसेपाटीमा रहेको र पैतृक रुपमा प्राप्त गरेको उल्लेख गरेका छन् ।

उनको  एभरेष्ट बैंकको मुद्दती खातामा  २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा समेत ३० लाख स्वआर्जनमार्फत प्राप्त भएको विवरणमा जनाइएको छ । पण्डितको आफ्नो सम्पत्ति विवरणमा पुरानो एक थान साइकल समेत रहेको  जानकारी दिएका छन ।

प्रकाशित : 23 May, 2018

प्रतिक्रिया दिनुहोस्