केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१०,प्रधानमन्त्री निवास बालुवाटारमा एकीकरण पार्टीको पहिलो केन्द्रिय समितिको बैठक आज बस्दै छ । नेकपा एमाले र माओवादी केन्द्रको एकता भएपछि केन्द्रिय समितिको पहिलो बैठक बिहिबार बालुवाटामा बसेको हो ।

नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समितिलाई पूर्णता दिएपछि आज पहिलो बैठक बोलाएको बताइएको छ । नेकपाको केन्द्रीय समितिमा ४ सय ४१ जना सदस्य छन् । बैठकमा  केन्द्रिया सदस्यहरुलाई अनिवार्य रुपमा आ–आफ्नो नागरिकता सहित उपस्थित हुन सूचना गरिएको छ ।

निर्वाचन आयोगले केन्द्रिय सदस्यहरुको नागरिको विवरण बुझाउनुपर्ने भएपछि उनीहरुलाई नागरिकतासहित आउन जानकारी दिएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न बस्ने बैठकमा पार्टीका दुई जना अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्