केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपामा चितवनबाट अध्यक्षसहित १७ जना प्रतिनिधित्वमा अवसर

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१०, चितवनबाट नेपाल कम्यिुनिष्ट पार्टी नेकपाका अध्यक्षसहित १७ जनाले केन्द्रिया समितिमा प्रतिनिधित्व गर्ने अवसर पाएका छन ।

देशको मध्यभागमा रहेर पनि राजधानीसहित अन्य अवसरबाट वन्चित जिल्लाबाट सत्तासिन दलमा केन्द्रीय अध्यक्ष र १६ जना सदस्यले प्रतिनिधित्व गर्न पाउनुलाई अर्थपूर्ण भएको बताइएको छ ।

तत्कालीनको माओवादी केन्द्रबाट पार्टी अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाल, डिआर पौडेल, सूर्य सुवेदी, सन्तु दराई, ईश्वरी भट्टराई, रेणु दाहाल, गंगा बेल्बासे र ज्ञानु बस्नेत केन्द्रीय सदस्य बनेको ईश्वरी भट्टराईले बताएका छन ।

केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापासहित ९ जना सदस्यीय सचिवालयमा परेका छन् । तत्कालीन माओवादी केन्द्रबाट ११ जना र तत्कालीन नेकपा एमालेबाट ६ जनाले केन्द्रमा प्रतिनिधित्व गर्ने अवसर पाएको बताइएको छ ।

प्रकाशित : 24 May, 2018

प्रतिक्रिया दिनुहोस्