केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रुपन्देही गैडहवाको न्यायिक समितिमा तालाबन्दी

सहयात्रा टिभी

बुटवल । जेठ–११, गैडहवामा गाउपालिकाको न्यायिक समितिमा तालाबन्दी गरिएको छ । रुपन्देहीको गैडहवा न्यायिक समितिमा लफडा परेपछि तालाबन्दी गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष सुभउती यादवले न्यायिक समितिमा आउने मुद्दाहरुलाई समन्वय नगरी एकलरुपमा निर्णय गरी फैसला गरेको आरोप लगाउँदैै न्यायिक समितिमा तालाबन्दी भएको छ । ६ महिना पहिला गठित न्यायिक समितिले ३ महिनासम्म ५४ वटा मुद्दालाई आपसी छलफलमा छिनोफनो गरेको थियो ।

गाउँपालिका अध्यक्ष, प्रशासकीय अधिकृत, कर्मचारी र स्थानीयको रोहबरमा न्यायिक समितिका सदस्यहरुले तालाबन्दी गरेकोे समितिका सदस्य शिवकुमार यादवले जानकारी दिएका दिएका छन ।

संयोजकले समितिमा रहेका सदस्यहरुलाई धम्काउने र मैले नै मुद्दाको निर्णय गर्नुपर्छ भन्ने जस्ता अभिब्यक्ति दिएपछि ताला लगाइएको सदस्य यादवले स्पष्ट पारेका छन । समितिमा आएका मुद्दा अलपत्र रहँदा सेवाग्राही अन्योल र मर्कामा परेको बताइएको छ ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्