केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अग्नी सापकोटाको निति तथा कार्यक्रममा केहि सुझाव

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–११, राष्ट्रपति विद्या देवी भण्डारीले सरकारको सिफारिसमा संघिया संसदमा पेश गरेको नीति तथा कार्यक्रमका विषयमा सांसदले आफ्ना विचार राख्ने क्रम जारी रहेको छ ।

राष्ट्रिय सभामा निति तथा कार्यक्रम विषयमा सांसदले संशोधनसहित आफ्नो विचार पेश गरेका छन । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अग्नी सापकोटाले आाफ्नो विचार राख्दै कार्यक्रममा केहि सुझावहरु पनि दिएका छन् ।

सापकोटाले भ्रष्टाचारलाई अन्त्य गर्न,यातायातमा सिन्डिकेटको अन्त्य ,बजेट प्रभावकारी रुपले कार्यान्वयन गर्नुपर्ने जस्ता विषयहरु प्रस्तुत गरेका छन ।

उनले सरकारले भूकम्पपिडित जनताका गुनासो छिटो सम्बोधन गरि वास्तविक पीडितलाइ विना झञ्जट सहुलियत ऋण उपलब्ध गराउनु पर्ने बताएका छन । त्येस्तै सुशासन, कानुनी राज्य, भौतिक विकास, कृषि, पर्यटन, उर्जा, जलस्रोतहरु हुन् ।

यसलाई नै केन्द्रमा राखेर कार्यसम्पादन गर्नुपर्ने बताए । उनले आगामी ५ वर्षसम्म स्थिर सरकार सञ्चालनको जनताबाट नीति तथा कार्यक्रमले लिएका लक्ष्यहरु पुरा हुनेमा आफु आशावादी रहेको बताए ।

राष्ट्रियताको विषयमा सकारात्मक संकेतहरु देखा परेको र भारतसँगको सम्बन्धमा पनि बिस्तारै न्यानोपन भएको बताएका छन । नीति तथा कार्यक्रम सम्बन्धमा नेपाल दुई विशाल अर्थतन्त्र भएका मुलकका बीचमा भएकोले भारत र चिनसँग रणनितिक सम्झौता गर्नुपर्ने सुझाव दिएका छन ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्