केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेविसंघले सभापति देउवाविरुद्ध राजधानीमा प्रदर्शन

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–११, कांग्रेस शेरबहादुर देउवाविरुद्ध उनकै कार्यकर्ताले नारा लगाएको छ । नेपाली कांगेसभित्र अन्तरविरोध चर्किरहेको बेला नेविसंघ काठमाण्डौँ जिल्ला समितिले देउवाविरुद्ध राजधानीमा प्रदर्शन गरेका हो ।

उनीहरुले शुक्रबार दिउसो प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडिबाट सुरु भएको जुलुस रत्नपार्क पुगेर कोणसभामा परिणत भएको थियो ।

आफ्नै पार्टीको सभापति र नेकपा नेतुत्वको सरकारविरुद्ध नेविसंघका केहि कार्यकर्ताले शरीर पुरै ढाकेर कालो कपडा लगाएको बताइएको छ । जुलुसमा नेविसंघ नेताहरु मनोजमणि आचार्य, महामन्त्री कुन्दन काफ्ले लगायत सहभागी रहेका थिए ।

कांग्रेस र नेविसंघको झण्डासहित उपस्थित कार्यकर्ताहरुले पार्टीभित्र आन्तरिक लोकतन्त्र सुदृढ बनाउनुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने बताएको छ । उनीहरुले तत्कालीन माओवादीका नेता बालकृष्ण ढुंगेललाई आममाफी दिन नहुने लगायतका सन्देश लेखिएका ब्यानर बोकेका थिए । नारासहित शुक्रबार सभापति देउवालाई विधिसम्मत तरिकाले पार्टी र भातृसंगठन चलाउन खबरदारी गरेका छन ।

प्रकाशित : 25 May, 2018

प्रतिक्रिया दिनुहोस्