केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ आज दिँदै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१३, प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ आज दिदैछन । 

छलफलको क्रममा सांसदहरुले उठाएको प्रश्नको विषयमा प्रधानमन्त्री ओलीले आज जवाफ दिन लागेका हुन । प्रधानमन्त्रीको सम्बोधनका लागि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संघीय संसद्का दुबै सदनमा छलफल ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले पेस गरेको सरकारको नीति तथा कार्यक्रममा तीन दिनसम्म भएको थियो। प्रधानमन्त्री ओलीले शुक्रबार नै जवाफ दिने भएता पनि समयको अभावले आज बैठक बोलाइएको हो ।

प्रतिपक्ष दलका सांसद्हरुले आर्थिक वृद्धिदर दोहोरो अंकमा पुर्‍याउने, प्रतिव्यक्ति आय दोब्बर बनाउने जस्ता सरकारका कार्यक्रमको आधारमाथि प्रश्न गरेका छन् । नीति तथा कार्यक्रममा सत्तारुढ दलका सांसद्हरले समर्थन गरेका छन् ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्