केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नगरपालिकाले वडाध्यक्षलाई मोटरसाइकल बाड्यो

सहयात्रा टिभी

कैलाली । जेठ–१३, कैलालीको लम्कीचुहा नगरपालिकाले वडाध्यक्ष र विभागीय प्रमुखहरुलाई मोटरसाइकल दिएको छ । प्रदेश सरकाले सथानिय जनप्रतिनिधिको सेवा सुविधाबारे निर्णय गर्दै लम्कीचुहा नगरपालिकाले वडाध्यक्ष र विभागीय प्रमुखहरुलाई मोटरसाइकल दिएको हो ।

उनीहरुलाई १ सय ५० सीसीको १४ थान पल्सर मोटरसाइकल दिएको बताइएको छ । स्थानिय सरकारले जनताको काममा ध्यान नदिएर आफै सुविधाभोगी भएको स्थानिय बासीले बताएका छन ।

चुनावमा जितेपछि जनतालाई दिएको आश्वासन भुलेको भन्दै स्थानिय बासीले सुविधाभोगी भएको बताएको हो । उनीहरुले आर्थिक वर्ष सकिनै लाग्दा प्रमुखहरुलाई करिब अढाई लाख पर्ने मोटरसाइकल दिएकोमा आलोचना गरेका छन ।

मोटरसाइकल जनप्रतिनिधिलाई दिएको होईन कार्यालयलाई दिएको नगरपालिकाका मेयर महादेव बजगाईले बताए । उनले कार्यपालिकाको निर्णयअनुसार समयमा काम सम्पन्न गर्न अनुगमनका लागि सजिलो हुने भएकोले मोटरसाइकल दिएको बताएका छन ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्