केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रदेश २ को सरकारलाई दिएको कम्युनिष्टको समर्थन फिर्ता

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१३,नेपाल कम्यृनिष्ट पार्टीले प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । जुन विश्वास र आशाका साथ सरकारलाई समर्थन गरिएको थियो । तर , त्यस अनुसार काम नगरेको भन्दै प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता गरेको हो ।

आइतबार मुख्यमन्त्री लालबहादुर राउतले बोल्नको लागि समय मागे पनि नेकपाका सांसदहरुले विरोध गरका थिए । माओवादी र एमाले मिलेर बनेको कम्युनिष्टले समर्थन फिर्ता लिए पनि सत्तारुढ संघीय समाजवादी फोरम र राजपाको बहुमत रहेको बताइएको छ ।

त्यसै गरी एक सांसद भएको संघीय समाजवादी पार्टीले पनि सरकारलाई समर्थन गरेको छ । नेकपाका सांसदहरुले अवरोध कायमै राखेपछि प्रदेशसभाको बैठक एक घन्टाका लागि स्थगित भएको थियो ।

तत्कालीन माओवादी संसदीय दलका नेतासमेत नेकपाका सांसद रामचन्द्र मण्डलले पनि सरकारको काम कारर्वाही सन्तोषजनक नभएको बताए । दुबैले कांग्रेसलाई प्रमुख विपक्षी दलको मान्यता दिने सभामुखको निर्णयको विरोध गरेका छन ।

प्रकाशित : 27 May, 2018

प्रतिक्रिया दिनुहोस्