केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एकतापछि नेकपाका अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाबीच पहिलो भेट

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ– १५, एमाले र माओवादी पार्टीको एकता भए पछि आज कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

उनीहरुको मंगलबार गनतन्त्र दिवसको दिन कार्यक्रममा पहिलो भेट भएको हो । गत जेठ ३ गते तत्कालिन एमाले र माओवादीबीच पार्टी एकता गरेर नेकपा बनाइएको थियो ।

यो एकतालाई काँग्रेसका नेताहरुले अधिनायकबाद जन्मने खतराका रुपमा बुझिहरेका थिए । तर, काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेस टु फेस भेट भएको थिएन । पार्टी एकताको १२ दिनपछि सभापति देउवा र नेकपा अध्यक्ष प्रचण्डबीच फेस टु फेस भेट भएको हो ।

गत आइतबार कांग्रेस निकट प्रेस युनियनको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति देउवा र महामन्त्री शशांक कोइराला ,नेता रामचन्द्र पौडेललगायतले नेकपा र उनीहरुको नेतृत्वमा बनेको सरकारको तिव्र आलोचना गर्दै अधिनायकबाद जन्मने खतरा रहेकाले त्यसको खवदारी काँग्रेसले गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसको जवाफ दिदै मंगलबार अध्यक्ष प्रचण्डले आफुहरु अधिनायकबादको बाटोमा नजाने भन्दै ढुक्क हुन आग्रह गर्दै सहयोग गर्न आग्रह गरेका छन । गणतन्त्रका निम्ति नेपालीले निकै ठूलो संघर्ष गरेको प्रचण्डले स्मरण गरेका छन । उनले सरकारमा बहुमत भएपनि राष्ट्रिय मुद्दामा कम्युनिष्ट र कांग्रेस मिल्नुपर्ने बताएका छन । लोकतन्त्र व्यवहारमा उतारेमात्र नेकपालाई विश्वास गर्न सकिने सभापति शेरबहादुर देउवाले बताएका छन ।

उनले कार्यक्रम निर्वाचनमा पराजित भए पनि काँग्रेस नेतृत्वको सरकारले निर्वाचन गराउनु नै ठुलो उपलव्धी भएको र आफैं संविधान लेख्ने नेपाली जनताको ७० वर्षदेखिको चाहना कांग्रेसले नै पूरा गरेको दाबी गरे । उनले भने ‘पार्टीअनुकुलको नतिजा नआए पनि निर्वाचन सफतापूर्वक सम्पन्न थियो । उनले यो कांग्रेसको ठूलो सफलता भएको बताएका छन ।

प्रकाशित : 29 May, 2018

प्रतिक्रिया दिनुहोस्