केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कांग्रेसको संसदीय दलको बैठक आज बस्दै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१६, सिंहदरबारमा नेपाली कांग्रेसले संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५ र ७६ को बजेटबारे पार्टीको आधिकारिक धारणा बनाउन कांग्रेसले संसदीय दलको बैठक आज बस्ने भएको हो ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत गरेको थियो । बजेट विषयमा कांग्रेसले शुरूमै असन्तुष्टि जनाएको छ । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममा भने कांग्रेसले सर्मथन जनाएको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नसक्ने खालको भएको बताएका छन् ।

त्यस्तै कांग्रेसका नेता गगन थापाले सरकारको निति ,कार्यक्रम र बजेटमा बहुमतप्राप्त सरकारले अपेक्षा गरिएअनुसार नयाँ तरङ्ग ल्याउने र जोखिम मोल्ने प्रकारको नभएको बताएका छन् । पार्टीभित्रैका कतिपय नेताले यसप्रति असन्तुष्टि जनाउँदै काग्रेस सांसद्हरूले संसदमा खेलेको भूमिकाप्रति प्रश्न उठाएका थिए ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्