केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाण्डौँमा अन्तर्राष्ट्रिय सेमिनार सुरु

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१६, कार्ल माक्स जन्मेको दुई सय वर्ष पुगेको अवसरमा आज काठमाण्डौँमा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहान ९ः३० बजे सेमिनारको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रम दुई दिन चल्ने भएको बताइएको छ । सेमिनार समितिका अनुसार सेमिनारमा काल माक्सको योगदानका विषयमा विचार विमर्श गरिने बताइएको छ ।

मार्क्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले बताए । प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ः३० बजे उद्घाटन गर्ने सेमिनारमा ‘नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’बारे कार्यपत्र प्रस्तुत हुनेछ ।

सो कार्यपत्र ओलीले प्रस्तुत गर्नुहुनेछ भने नेकपाका अर्का अध्यक्ष प्रचण्डले ‘आजको मार्क्सवाद र समाजवाद’ विषयमा कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ । काठमाडौंमा आयोजना गरिने सेमिनारमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहने बताइएको छ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्