केपी ओली प्रचण्ड माधव नेपाल एमाले


केन्द्रिय कमिटीमा समर्थन गर्ने भन्दा आलोचना गर्ने बढी:अध्यक्ष प्रचण्ड

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१६,नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई समर्थन गर्ने भन्दा आलोचना गर्नेहरु बढी केन्द्रिय कमिटिमा भएको बताएका छन ।

उनले आइतबार कृष्णसेन स्मृति दिवसको कार्यक्रममा बोल्दै आफुलाई आलोचना गर्ने बढी केन्द्रीय सदस्य भएको बताएका हुन । नेतृत्वले सही काम गर्दा गर्दै पनि समावेश गर्न नसकेको उनको भनाइ छ । पार्टी एकताका बेला हरेक प्रवृत्ति समावेश गर्नुपर्ने भएकाले चाहेर पनि छुटाउनै नमिल्ने २०–२५ जना छुटेका उनले बताए ।

कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चार सय व्यवस्थापनको चिन्ता भएको र आफुलाई तत्कालीन माओवादीका चार हजार केन्द्रीय सदस्य व्यवस्थापनको चिन्ता भएको बताएका थिए । कमिटीमा आफ्नो आलोचना गर्नेको सङ्ख्या बढी भए पनि कुनै आपत्ति नभएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित : 30 May, 2018

प्रतिक्रिया दिनुहोस्