केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जिम्बाबेमा पहिलो पटक संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुने

सहयात्रा टिभी

एजेन्सी । जेठ–१७, जिम्बाबेमा आगामी जुलाई ३० तारिखमा पहिलो पटक संसद र नयाँ राष्ट्रपतिको निर्वाचन हुने भएको छ । झण्डै चार दशक लामो रोबर्ट मुगाबेको तानाशाही शासनको अन्त्यपछि जिम्बाबेमा जुलाई ३० मा पहिलो पटक संसद र नयाँ राष्ट्रपतिको निर्वाचन गरिने घोषणा गरिएको हो ।

झन्डै चार दशक लामो शासन गरेका मुगाबेलाई सेनाले नियन्त्रणमा लिएर राजिनामा दिन बाध्य बनाएका हुन् । मुगाबेका दाहिने हात मानिने इमर्सनले गत नोभेम्बरमा नाटकीय तरिकाले मुगाबेलाई हटाएर आफू राष्ट्रपति बनेका थिए ।

उनले बुधबार ३० जुलाईका दिन राष्ट्रिय संसदका सदस्यहरूको चयन र नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुने तय भएको घोषणा गरेका हुन् ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्