केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गृहमन्त्रीद्धारा काम नगर्ने ठेकेदारहरुको नाम सार्वजनिक गर्न पत्रकारलाई आह्वान

सहयात्रा टिभी

चितवन । जेठ–१७, गृहमन्त्री रामबहादुर थापाले विकास निर्माणका लागि जिम्मा लिने तर समयमा काम नसक्ने ठेकेदारहरुको नाम र फोटो सार्वजनिक गर्न पत्रकारहरुलाई आग्रह गरेका छन ।

उनले चितवनको सौराहामा बिहीबार नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेलामा उदघाटन गर्दै पत्रकारहरुलाई यस्तो आग्रह गरेका हुन । थापाले विकासको काम गर्छु भनेर समयमा काम नसक्ने ठेकेदार प्रतिगामीहरु सामन्त वर्ग होइन दलाल भएको बताएका छन ।

उनले तस्कर र भष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गर्दै श्रम नगरी अकुत सम्पती आर्जन गर्न र सरकारको रकम दुरुपयोग गर्नेहरु विकासको बाधक भएको बताएका छन । नेपाली जनताको शान्तिको चाहनालाई खलबलाउने काम भैरहेको भन्दै उनीहरुविरुद्ध सरकारले कदम उठाउने थापाले चेतावनी दिएका छन ।

आधुनिक प्रयोग गरि देश विकासको काममा सरकारलाई संयोग गर्न पत्रकारहरुलाई आह्वान पनि गरेका छन । उनले लोकतन्त्रको सुरक्षको लागि सञ्चारकर्मीहरु चनाखो हुनपर्ने सुझाव दिएका छन । कार्यक्रममा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, चितवनका विभिन्न नगरपालिकाका प्रमुख, नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष विपुल पोखरेल लगायतले पनि सम्बोधन गरेका थिए ।

पत्रकारिता देशको लागि हुनुपर्ने र सन्चारकर्मी पनि कुनै व्यक्तिको नभइ संघीय लोकतान्त्रिक गणतन्त्रका लागि प्रतिवद्ध हुनुपर्ने गृहमन्त्री थापाको धारणा रहेको छ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्