केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओली चीन भ्रमण जादै

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–१७, प्रधानमन्त्री केपी शर्मा ओली चिन भ्रमणमा जाने भएका छन । उनी पाच दिनका लागि चिन भ्रमण जान लागेका हुन । ओलीको यो पटकको भ्रमणमा चीनसँग अन्तर देशीय कनेक्टिभिटी अन्तरगत रेल सञ्जाल निर्माणसहितका परियोजनामा हस्ताक्षर हुने अनुमान गरिएको छ ।

प्रधानमन्त्री ओली असार ५ देखि १० गतेसम्म चीन भ्रमणमा जाने बताइएको छ । ओलीको भ्रमण पूर्वतयारीका लागि परामर्शमा आएका चीनका लागि नेपाली राजदूत लिलामणी पौडेल चार दिन नेपाल बसेपछि बेइजिङ फर्केर भ्रमणको तयारी थालेका छन । प्रधानमन्त्री ओली सुरुमै चीनको सिचुवान पुग्ने कार्यतालिका रहेको छ ।

उनको भ्रमणका लागि चिनियाँ र नेपाली पक्षले असार ५ गते चीन प्रस्थान साइत जुराएको हो । ओलीको भ्रमणको तयारी गर्न नेपालका लागि चिनियाँ राजदूत पौडेल चीन प्रस्थान गरिसकेको स्रोतले बताएको छ ।

प्रकाशित : 31 May, 2018

प्रतिक्रिया दिनुहोस्