केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्रीले प्रदेश ३ को संसद बैठकलाई आज सम्बोधन गर्ने

सहयात्रा टिभी

 

काठमाण्डौं । जेठ–२१, प्रदेश ३ को संसदलाई आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रदेश ३ को संसद सचिवालयले आज बस्न लागेको प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।

संविधान र प्रदेश नियमावलीमा राष्ट्रप्रमुख वा सरकार प्रमुखले प्रदेशसभालाई सम्बोधन गर्ने व्यवस्था छैन । तर यसअघि पनि प्रधानमन्त्री ओलीले प्रदेश ५ को संसदलाई सम्बोधन गरिसकेका छन् ।

प्रदेशसभालाई सरकार प्रमुखले सम्बोधन गर्नु परेमा सभामुखसँग अनुमति लिनु पर्ने हुन्छ ।

आज बस्न लागेको प्रदेश ३ को संसदको बैठकमा प्रधानमन्त्रीले बैठकलाई सम्बोधन गर्ने विषयमा कतिपय संसदहरुले कानुनि समस्या हुने बताएका छन् । आजको संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास र सम्भावना बारे धारणा राख्ने अनुमान गरिएको छ ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्