केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीद्धारा प्रदेश ३ को संसदलाई सम्बोधन, केन्द्र सरकारको गल्ती औँल्याइदिन आग्रह

सहयात्रा टिभी

हेटौँडा । जेठ–२१, आज भएको प्रदेश ३ को संसदको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्र सरकारको गल्ती भेटिए औँल्याइदिन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

प्रदेश ३ को संसद सचिवालयको आज बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केन्द्र सरकारको कमिकमजोरी देखिए नहिचकिचाइ औँल्याइदिन प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।

उनले प्रदेश सरकारलाई आत्मविश्वासका साथ अघि बढ्न आदेश समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले सम्बोधनमा भ्रष्टचारको विषयलाई बढि महत्व दिएको देखिन्छ । उनले भ्रष्टचार गर्नेको अनुहार नहेरी सिधै कारबाही गर्ने चेतावनी पनि दिएका छन् । प्रधानमन्त्री ओलीले व्याङ्ग्यात्कम शैलीमा भने, ‘भ्रष्टाचार गर्ने व्यक्ति ह्यान्डसम थियो कि ब्यूटीफुल भनेर हेरिन्न, करप्ट भयो कि गयो।’ त्यसैगरी भ्रष्टचारको विषयमा कसैसँग कति पनि सम्झौता नगरी जुनसुकै पार्टीको भएपनि अनुहार र पृष्ठभुमि नहेरी कारबाही गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् ।

सम्बोधनमा बोल्दै सिन्डिकेटको विषयमा पनि कुनै पार्टी नहेरी कारबाही गरिएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए ।

प्रधानमन्त्रीले सम्बोधनमा जनता तथा आफु मातहतका व्यक्तिहरुको नजरबाट गिर्ने काम नगर्न संसदहरुलाई आग्रह समेत गरेका छन् । उनले जनताको विश्वासको भोट जितेर आएकाले अब जनताको मन जित्ने काम गर्नु पर्नेमा पनि जोड दिए ।

प्रकाशित : 4 June, 2018

प्रतिक्रिया दिनुहोस्