केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वातावरण संरक्षणमा सबै जिम्मेवार हुन प्रधानमन्त्री ओलीको आह्वान

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२२, प्रधानमन्त्री केपी शर्मा ओलीले वातावरण संरक्षणमा सबैले जिम्मेवार भएर काम गर्नुपर्ने बताएका छन । उनले विश्व वातावरण दिवसको अवसरमा एक सन्देश जारी गर्दै सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तदनुकूल काम गर्न जरुरी रहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले वन तथा वातावरण मन्त्रालयले आह्वान गरेको स्वच्छ वातावरण महाअभियान–२०७५ मा सहभागी भएर आआफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई हार्दिक आह्वान पनि गरेका छन ।

ओलीले हरेक नेपालीलाई उत्पेरणा मिल्ने व्यक्त गर्दै स्वच्छ वातावरण र भावी पुस्ताको अधिकारको विषय भएको हुँदा उनीहरुलाई स्वच्छ वातावरण हस्तान्तरण गर्नु सबैको दायित्व रहेको बताएका छन ।

ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूतगतिका साथ अग्रसर हुँदा वातावरण प्रदूषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने बताए । देशभरिका जनसमुदाय तथा विधार्थी सहभागी भएर प्रदुषण नियन्त्रण र सरसफाइ अभियान सुरु गर्दा आफु खुसि भएको उनले बताएका छन  ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्