केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री ओलीले आफूलाई मन पर्ने दुई विरुवा रोपे

सहयात्रा टिभी

काठमाण्डौँ । जेठ–२२,प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार बगैँचामा लिची र एभोकार्डोका बिरुवा रोपेका छन । विश्व वातावरण दिवसका अवसरमा एक नेपाली एक फलफूल विरुवा रोप्ने अभियान आरम्भ गर्दै ओलीले आफूलाई मन पर्ने दुई फलफूलका विरुवा रोपेका हुन ।

उनले जमिन बाझो नराख्ने हरेक नेपालीले आफ्नो घर वरपरको खाली जमिनमा एउटामात्र फलफूल रोपे पनि देश आत्मनिर्भर बन्न सक्ने बताएका छन । प्रधानमन्त्री ओलीले फलफुल व्यवसाय आम्दानीको राम्रो स्रोत भएको र फलफुलबाट भोजनलाई सन्तुलित बनाउन र जीवजन्तुको संरक्षणमा समेत महत्वपुर्ण योगदान पुग्ने बताए ।

उनले हरियालीमय र फलफूलमय नेपाल बनाउने सरकारको अभियानमा सहयोग पु¥याउन सबै तह र तप्काका नागरिकसँग आग्रह पनि गरेका छन । सबै भन्दा मन पर्ने फलफुुल मध्य आफूलाई लिची र एभोकार्डो भएको उनले बताएका छन ।

प्रकाशित : 5 June, 2018

प्रतिक्रिया दिनुहोस्